काठमाडौँ, २१ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालको उर्जा क्षेत्रको विकासका आफ्नो भारत भ्रमण उपलब्धीमुलक भएको बताउनुभएको छ । भारतको नयाँदिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिएर आज साँझ नेपाल फर्कनुभएका मन्त्री खड्काले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पञ्चेश्वर, अरुणलगायतका आयोजनालाई चाँडै अगाडि बढाउने विषयमा भारतसँग सकारात्मक छलफल भएको बताउनुभएको हो…