काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले समग्र विकास निर्माणको ढाँचाका विषयमा पुनःविचार गर्नुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा नेपाल भौगर्भिक समाजद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन् ।
उनले भौगर्भिक र वातावरणीय अध्ययन, भौतिक पूर्वाधारहरुको अवस्था, विपद् जोखिमका क्रममा सामना गर्नुपर्ने पूर्वतयारीका विषयमा विभिन्न कोणबाट प्रश्न उठेको भन्दै समग्र विकास निर्माणको ढाँचाका विषयमा पुनःविचार गर्नुपर्ने बताए ।
पूर्वाधार निर्माणअघि गरिने भौगर्भिक तथा वातावरणीय अध्ययन राम्रो हुन नसक्दा विपद्बाट क्षति बढी भएको समेत उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया