१० जेष्ठ २०८२, शुक्रबार | Sat May 24 2025

धार्के–सीतापाइला सडकखण्ड अनिश्चितकालका लागि बन्द



काठमाडौं । धार्के–सीतापाइला सडकखण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ ।

धुनिवेशी नगरपालिका–५ ले आज (आइतबार) एक सूचना जारी गर्दै उक्त सडकखण्ड बन्द गरिएको जनाएको छ ।

धुनिवेशी नगरपालिकाअन्तर्गत धार्के–सीतापाइला सडकखण्ड आजबाट बन्द गरिएको छ ।

दोस्रो लेयरको कालोपत्रे गर्ने कार्य सुरू भएकोले अर्को सूचना जारी नभएसम्म अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा लगाइएको वडाअध्यक्ष विशाल भट्टराईले बताए ।

 

 

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार