काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी मंसिर १७ गतेदेखि छिमेकी देश चीन भ्रमणमा जाँदैछन् ।
भ्रमणको क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिएको ऋण अनुदानमा रुपान्तरण गर्न प्रधानमन्त्रीले चीन सरकारसँग आग्रह गर्ने भएका छन् ।
उक्त विमानस्थल निर्माणमा लागेको ३३ अर्ब ऋणलाई अनुदानमा बदल्न आग्रह गर्ने नेपाल सरकारको पहिलो एजेण्डा रहेको छ । चीनको एक्जिम बैंकले विमानस्थल निर्माणका लागि उक्त ऋण दिएको थियो ।
विमानस्थलको आम्दानीको तुलनामा बैंकले प्रदान गरेको ऋणको किस्ता धेरै भएपछि सरकारले चिनियाँ पक्षसँग ऋणलाई अनुदानमा रूपान्तरण गरिदिन आग्रह गर्दै आएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७९ पुस १७ गते उदघाटन गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया