८ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025

माओवादीले उम्मेदवारको टुंगो भाेलि लगाउँदै



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन पदाधिकारी बैठक बोलाएको छ ।

पार्टी मुख्यालय परिसडाँडामा भोलि बिहान ११ बजे बैठक बस्ने उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उपनिर्वाचन हुने सबै स्थानीय तहमा भोलिको बैठकले उम्मेदवार चयन गर्ने उनले बताए ।

माओवादीले कीर्तिपुर नगरपालिकाको मेयर र दुई वडाध्यक्ष पदमा यसअघि नै उम्मेदवार छनोट गरिसकेको छ । त्यस्तै, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष उम्मेदवार पनि टुंगो लगाएको छ ।

अन्य स्थानीय तहमा भोलिको बैठकले निर्णय गर्ने सापकोटाले बताए । ‘पार्टीले काठमाडौंका रिक्त स्थानीय तहमा उम्मेदवार छनोट गरिसकेको छ । अब यस बाहेकका जिल्लाहरुका स्थानीय तहको पदपूर्तिका लागि पार्टीले उम्मेदवार खडा गर्छ । यसका लागि शुक्रबारको बैठकबाट निर्णय हुन्छ ।’

माओवादीले तिहारलगत्तै बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित गर्दै पार्टीको सम्पूर्ण शक्ति उपनिर्वाचनमा लगाउने निर्णय यसअघि नै गरिसकेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २२ कार्तिक २०८१, विहीबार