काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतिको नारा पुनः अघि सारेका छन् । सोही नारा बोकेर आफू नयाँ आन्दोलनको नेतृत्व गर्दै जनतामाझ जाने बताएका छन् ।
आज मकवानपुरको थाहा नगरपालिकामा आयोजित वाइसीएल नगर कमिटीको दोस्रो नगर अधिवेशन तथा जनसभालाई सम्बोधन गर्दै उहाँले उक्त धारणा सार्वजनिक गरेका हुन् । अध्यक्ष दाहालले सो क्रममा वर्तमान सरकारको पनि चर्को आलोचना गरेका छन् ।
उनले भने, ‘म भ्रष्टाचार र बेथितिको पक्षमा उभिँदा सरकारबाट बाहिरिनु पर्यो ।’ वर्तमान गठबन्धन सरकारलाई दलाल र बिचौलियाहरुको उपजको संज्ञा दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया