काठमाडौं । ग्वार्कोमा निर्माणाधीन फ्लाइ ओभर निर्माण सम्पन्न हुन अझै दुई–तीन महिना लाग्ने भएको छ ।
सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गरेको फ्लाइ ओभरको निरीक्षणका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले फ्लाइ ओभर निर्माण सम्पन्न हुन अझै दुई तीन महिना लाग्ने जानकारी दिएका हुन् ।
उनका अनुसार फ्लाइ ओभरको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ । अझै माटो फिलिङ लगायतका काम बाँकी रहेको शर्माले जानकारी दिए ।
हालसम्म फ्लाई ओभरको भौतिक प्रगति ९८ प्रतिशत र वित्तीय प्रगति ४५.५४ प्रतिशत भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया