काठमाडौं । शुक्रबारदेखि नेपालले ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने भएको छ । भारतले अन्तिम समयमा स्वीकति दिएपछि नेपालले विद्युत् निर्यात गर्ने भएको हो ।
गत असोज १७ गते भएको सम्झौतापछि नेपाल विद्युत् प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्रीका लागि पठाएका दुई आयोजना भारतले स्वीकृति दिएको छ ।
योसँगै शुक्रबारदेखि बंगलादेश विद्युत् निर्यात गर्न पाउने भएको छ । नेपालले जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली बंगादेशलाई बिक्री गर्न पाउने सम्झौता भएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।
यसअघि कप्राधिकरणले बंगलादेश निर्यातका लागि चिलिमे र त्रिशूली जलविद्युत् आयोजना छनोट गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया