८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

सचिव गेलालले पाए अवकाश



काठमाडौं ।
शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले अवकाश पाएका छन् । उमेर हदको कारण सचिव गेलालले अनिवार्य अवकाश पाएका हुन् ।

इन्जिनियरहको रुपमा निजामति सेवामा प्रवेश गरेका उनले शहरी विकास तथा भवन निर्माण विभागका उप–महानिर्देशक, महानिर्देशक, तत्कालिन राष्ट्रिय पुननिर्माण प्राविधिकारणको सचिव, सिंचाई मन्त्रालयको सचिव, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सचिव र शहरी विकास मन्त्रालयमा दुई कार्यकाल सचिव भएर काम गरेका थिए ।

अवकाश पाएका सचिव गेलाललाई उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले विदाई गरेका छन् । विदाई कार्यक्रममा मन्त्रालयका सह–सचिवहरु, विभागका महानिर्देशक एवं उप–महानिर्देशक र कर्मचारीहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार