काठमाडौं । उपचुनावमा मतदाताले मतदाता नामावली परिचय पत्रबिना भोट गर्न पाउने भएका छन् । नामावलीमा नाम समावेश भएकाहरूले नागरिकता, राष्ट्रिय परिचय पत्र र लाइसेन्स देखाएर भोट गर्न पाउने भएका हुन् ।
यहीँ मंसिर १६ मा हुने स्थानीय तह उपचुनावमा नागरिकता, राष्ट्रिय परिचय पत्र र लाइसेन्स भएमा मतदाताको परिचय पत्र नभए पनि भोट गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रमा एउटा भए मतदान गर्न दिइने निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले बताइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया