९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

छिमेकी मुलुक भ्रमण

प्रधानमन्त्रीको चीन भ्रमणकाे कार्यतालिका सार्वजनिक



काठमाडौं । नेपाल र चीनका परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी ओलीको चारदिने औपचारिक चीन भ्रमणको कार्यतालिका सार्वजनिक गरेका छन् ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओलीले आगामी साता सोमबारदेखि बिहीबार (१७ देखि २० मंसिर)सम्म चीन भ्रमण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री भएपछि प्रधानमन्त्रीको यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमण तथा ३२ सदस्यीय भ्रमणटोली बिहीबार स्वीकृत गरेको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली सोमबार बेइजिङ पुग्नेछन् भने उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता तथा चिनियाँ समकक्षी लीसँग औपचारिक वार्ता मंगलबार गर्नेछन् ।

प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ ।

प्रधानमन्त्री ओली र प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजसहित औपचारिक वार्ता हुने कार्यक्रम छ । मंगलबारै नेपाल–चीनबिच विगतमा घोषणा भएका परियोजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर हुनेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार