काठमाडौं । झापाको दमक नगरपालिका–३ मा बेलडाँगी खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । ५० करोड सात लाख ९२ हजार लागतमा उक्त खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो ।
निर्माण सम्पन्न भएको आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको बताए ।
बृहत खानेपानी आयोजना निर्माण भएपछि स्थानीयहरु निकै उत्साहीत भएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया