काठमाडौं । काठमाडौंमा शनिबार यो वर्षकै चिसो महसुस गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान न्यूनतम तापक्रम २ २ डिग्री सेल्सियसमा झरेको छ ।
यसअघि महाशाखाले बिहान पौने ६ बजेको न्यूनतम तापक्रम २५ डिग्री सेल्सियस रहेको बताएको थियो । शुक्रबारको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस थियो ।
महाशाखाले शनिबार बिहान ८ः४५ बजे सार्वजनिक गरेको तापक्रम विवरणअनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्रीमा झरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया