१६ जेष्ठ २०८२, विहीबार | Thu May 29 2025

रंगशाला

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको गति तीव्र, दैनिक १७५ जना मजदुर काममा



काठमाडौं । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको काम तीव्ररूपमा अघि बढेको छ ।

धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक अभावको कारण देखाएर निर्माणको काम छाडेपछि रंगशाला अलपत्रमा परेको थियो ।

तर, भरतपुर महानगरपालिकाले पहल लिएपछि अहिले संघीय सरकार, वाग्मती सरकार र भरतपुर महानगरको सहकार्यमा रंगशाला निर्माण भइरहेको छ ।

०८१ असार २३ गतेदेखि हिमालयन कालिञ्चोक बीबी आर निर्माण कम्पनीले रंगशालाको काम गरिरहेको छ । निर्माण कम्पनीले ७८ करोड ५० लाख ९१ हजार रुपैयाँ लागतमा रंगशाला निर्माण गरिरहेको छ ।

रंगशाला निर्माणका लागस वाग्मती सरकारले ७५ करोड र भरतपुर महानगरले पाँच करोड रुपैयाँ विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १ पुस २०८१, सोमबार