८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

व्यक्ति-अभिव्यक्ति

प्रधानमन्त्री ओलीले भने- देशलाई भ्रष्टाचारमुक्त बनाउँछौँ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई भ्रष्टाचारमुक्त बनाउने बताएका छन् ।

ललितपुर महानगरपालिकाको १०६औँ स्थापना दिवसमा अवसरमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचारकै कारण आर्थिक हिसाबले समेत देशको अवस्था नाजुक बनेको बताए ।

उनले भ्रष्टाचार गर्नेको मुख हेरेर नभई अपराध हेरेर कारबाही गर्ने पनि बताए । प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको दाबी गरे ।

नसक्ने र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार