काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
आजको उक्त बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय गर्ने बताइएको छ ।
बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे समेत छलफल हुनसक्ने एक मन्त्रीले बताए ।
बैठक दिउँसो ४ बजे बस्नेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया