मनाङमा भूकम्पको धक्का महसुस भएको छ ।
बिहीबार बिहान ७ बजेर ३७ मिनेटमा मनाङको नेस्याङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पले पुर्याएको क्षतिको विवरण भने आइसकेको छैन ।
यसअघि बुधबार दिउँसो बझाङमा पनि भूकम्प गएको थियो । दिउँसो ३ बजेर २ मिनेट जाँदा बझाङलाई केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया