काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बिहीबार स्थगित भएको उक्त बैठक आज (शुक्रबार) बस्ने भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि हिजो बस्ने भनिएको बैठक स्थगित भएको थियो ।
आजको बैठकमा समसामयिक राजनीति घटनाक्रम र कर्मचारी सरुवा, बढुवालगायतका विषयहरूमा छलफल हुँदैछ ।
बैठकमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे पनि छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १:०० बजे बैठक बस्नेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया