८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

सहयोग

एडीबीले ३ परियोजनाका लागि १ खर्बभन्दा बढी रकम सहयोग गर्ने



काठमाडौं । एसियाली विकास बैङ्क (एडिबी)ले नेपालका विभिन्न तीनवटा परियोजनाका लागि एक खर्ब पाँच अर्ब ६१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा ऋण एवं अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थसचिव डा. रामप्रसाद घिमिरे र एडिबीका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गरे ।

सहायता रकममध्ये ६ अर्ब ५२ करोड अनुदान र बाँकी सहुलियतपूर्ण ऋण हुने बताइएको छ ।

दोस्रो चरणको काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण परियोजना तथा समावेशी विकास कार्यक्रमका लागि उक्त रकम सहयोग गरिएको हो ।

हस्ताक्षरपछि सचिव घिमिरेले नेपालको सामाजिक आर्थिक विकासमा एडिबीबाट प्राप्त सहयोग निकै महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

उनले आयोजनालाई समयमै र प्रभावकारी रूपमा कार्यान्वयन गर्दै अपेक्षित नतिजा सुनिश्चित गर्ने प्रतिवद्धता समेत जनाए ।

एडिबीका देशीय निर्देशक कोश्वाले नेपालको कृषि, प्राकृतिक स्रोत, ग्रामीण विकास, ऊर्जा, सार्वजनिक क्षेत्र व्यवस्थापन, खानेपानी, एवं सहरी पूर्वाधार निर्माणमा आफ्नो निरन्तर सहयोग हुने बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार