काठमाडौं । नागढुङगा-मुग्लिङ सडक योजना अन्तर्गत पश्चिम खण्डको कामले तीव्रता पाएको छ ।
यसैका लागि आइतबारदेखि बिहान ११ बजेदेखि दिनको २ बजेसम्म सवारी रोकेर काम गरिने छ ।
यो खण्डको पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी-बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिनेछ ।
यसैगरी चितवनतर्फबाट नौबिसे छिर्ने भारी सवारीसाधन चालिसे र हलुका सवारीसाधन घाटबेसीमा रोकिनेछ ।
यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिङबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौँदी बजारमा रोकिनेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया