११ पुस २०८१, विहीबार | Thu Dec 26 2024

अनुगमन

भारतसँग जोडिएका सीमा क्षेत्रमा अनुगमन



जलेश्वर । भारतसँग सीमा जोडिएका महोत्तरीका सीमा नाकामा स्थानीय प्रशासनले अनुगमन बढाएको छ । सीमा क्षेत्रमा आपराधिक गतिविधि हुन नदिन जिल्ला प्रशासन कार्यालयको अगुवाइमा अनुगमन थालिएको हो ।

मङ्गलबार प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी नेतृत्वको टोलीले अनुमतिपत्र नलिइ सञ्चालन भएका मदिरालगायत सामग्री बेच्ने पसल बन्द गराइएको बताए ।

भारतको विहार राज्यमा मदिरा प्रतिबन्ध भएका कारण नेपाल–भारत सीमा क्षेत्रमा मदिराको अवैध कारोबार बढेको स्थानीयको गुनासो बढेपछि स्थानीय प्रशासनले अनुगमन थालेको हो ।

सीमा क्षेत्रका मटिहानी,पर्सा पतैली,मलिवाडा भिठामोड, थरुवाही, नैन्ही, मरुवाही, बथनाहा, सम्सी, रघुनाथपुर, कटीकटैयामा स्थानीय प्रशासनले अब निरन्तर अनुगमन गर्ने जनाइएको छ ।

अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, बल, राष्ट्रिय अनुसन्धान विभाग, करदाता सेवा कार्यालयका अधिकारीहरू थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १० पुस २०८१, बुधबार