१६ भदौ २०८२, सोमबार | Mon Sep 1 2025

क्रिकेट रंगशाला

गौतम बुद्ध क्रिकेट रंगशालाका लागि बागमति प्रदेशले १० करोड दिने



काठमाडौं। भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि बागमति प्रदेश सरकारले १० करोड रकम विनियोजन गरेको छ ।

बागमति प्रदेश सरकारको बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि चालु आर्थिक वर्षको बजेटबाट तत्काल १० करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको हो ।

युवा तथा खेलकुद मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा पेस गरेको प्रस्तावअनुसार चालु आर्थिक वर्षको बजेट शीर्षकबाट तेस्रो किस्तास्वरूप उक्त रकम उपलब्ध गराउन लागिएको बताइएको छ ।

सरकारले यसअघि दोस्रो किस्ताको रूपमा असार २४ गते १ करोड ८० लाख रुपैयाँ भरतपुर महानगरलाई रंगशालाको लागि निकासा गरेको थियो । प्रदेश सरकारले गत आर्थिक वर्षमा पहिलो किस्तास्वरूप ५ करोड रुपैयाँ भरतपुर महानगरपालिकालाई उपलब्ध गराइसकेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार