१९ असार २०८२, विहीबार | Thu Jul 3 2025

राजमार्ग

विपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब लाग्ने अनुमान



काठमाडौं । बाढीले क्षतिग्रस्त विपी राजमार्ग पुनर्निर्माणका लागि साढे ९ अर्ब भन्दा बढी रकम लाग्ने अनुमान गरिएको छ। राजमार्गको पुनर्निर्माणका लागि अनुमानित ९ अर्ब ६२ करोड लाग्ने देखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको हो ।

अहिले राजमार्ग पुनर्निर्माणका लागि अध्ययनको काम भइरहेको छ। अध्ययन कार्य अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ। राजमार्ग पुनर्निर्माणका लागि बजेट कसरी जोहो गर्ने भन्ने विषयमा भने टुंगो लागिसकेको छैन। मन्त्रालयका अनुसार सडकखण्डका केही भाग निर्माणमा सहयोग गर्न भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) इच्छुक देखिएको बताइएको छ।

गत असोज दोस्रो साताको बाढी र पहिरोले वीपी राजमार्गको विभिन्न ठाउँमा सडक बगाएको तथा भत्किएको थियो। काभ्रेभन्ज्याङ–नेपालथोक खण्डको १२ किमि सडकमा ८.७ किमि सडक खण्ड रोशी खोलाले बगाएको छ भने ३.३ किमि सडक कतै भासिएको र कतै चिरा परेको छ । अहिले अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन भइरहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार