काठमाडौं । स्थानीय तहको उपनिर्वाचनका लागि मतदान प्रक्रिया सम्पन्न भएको छ ।
आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । रिक्त ४१ पदका लागि २९३ मतदान केन्द्रबाट मतदाताले मतदान गरेको आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले बताए ।
प्रारम्भिक अनुमान अनुसार ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । उनका अनुसार आजै रातिबाट परिणाम आउन सक्ने अर्यालले बताइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया