८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

भवन

स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी जीर्ण भवनबाट सेवा दिन बाध्य



बिरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका ९ विश्रामपुरस्थित स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी जीर्ण भवनबाट सेवा दिन बाध्य छन् ।

स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरसमेत सञ्चालन भएकाले स्वास्थ्यकर्मी राति यिनै भवनमा बस्ने गरेका छन् । २०२६ सालमा निर्माण भएको यो स्वास्थ्य चौकी क्षेत्रकै पुरानो भवन हो ।

एक कार्यालय सहयोगी र तीन स्वास्थ्यकर्मी उक्त भवनमा बस्ने गरेका छन् । भवनका विभिन्न भागमा चर्किएका छन्, सुत्ने कोठा र भान्साको सिलिङ उप्किएर प्लास्टर भुइँमा झरेको छ । वर्षातको समयमा पानी समेत चुहिने गरेको स्वास्थ्यकर्मीहरूले गुनासो गरेका छन् ।

स्वास्थ्यकर्मीका अनुसार गत वर्षको वर्षातमा भान्सा कोठाको सिलिङको प्लास्टर ग्यास चुलामाथि झरेको थियो । ‘ठूलो आवाजसहित सिलिङको प्लास्टर चुलोमाथि झरेको थियो, चुलो कुच्चिएर काम नलाग्ने भएको छ ।’

राति सुत्नसमेत डर लाग्ने अवस्था भएको स्वास्थ्यकर्मी बताउँछन् । उक्त बर्थिङ सेन्टरमा मासिक करिब पाँच जना गर्भवती महिला आउने गर्छन् ।

 

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार