२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

समाचार

साना व्यवसायीलाई राज्यले सहुलियत दिनुपर्ने ठाउँमा निचोर्ने प्रवृत्ति छ : अध्यक्ष प्रचण्ड



काठमाडौं  । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साना व्यवसायीलाई राज्यले सहुलियत दिनुपर्ने ठाउँमा निचोर्ने प्रवृत्ति रहेको बताएका छन् ।

शनिबार नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौं वार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले अर्थतन्त्र कमजोर भएको बेलामा साना व्यवसायीहरूलाई सहुलियत दिनुपर्ने ठाउँमा अहिलेको सरकारले उल्टै निचोर्ने काम गरिरहेको आरोप लगाएका हुन् ।

उनले भने, ‘सहुलियत दिएर अप्ठ्यारो अर्थतन्त्रलाई सहजीकरण गर्ने जिम्मेवारी राज्यको हुनुपर्नेमा अझ तिनलाई निचोर्ने, तिनलाई अझै दुहुने र त्यहीँबाट आर्थिक समस्या हल गर्न खोज्ने प्रवृत्ति छ, समस्याको चुरो त्यही हो ।’

उनले निजी क्षेत्रलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको फन्दामा पर्नसक्ने खतराबाट जोगाइएको समेत बताएका छन् । अध्यक्ष प्रचण्डले भने, ‘निजी क्षेत्रमा अख्तियार आउन नदिने भयौं हामीले । त्यो सबै मिलेर वातावरण बनायौं, यसका लागि तपाईंहरूलाई बधाई भन्न चाहन्छु, बँच्नुभयो ।’

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार