९ जेष्ठ २०८२, विहीबार | Thu May 22 2025

अध्यादेश

सरकारले ल्याएको अध्यादेश अस्वीकार : माओवादी



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले अध्यादेश अस्वीकार गर्ने निष्कर्ष निकालेको छ ।

कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकारले नियतबस् अध्यादेश ल्याएको भन्दै अस्वीकार गर्ने निष्कर्ष निकालेको संघीय सांसद एवं माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

अध्यादेशको प्रक्रिया नै गलत भएको निष्कर्ष निकाल्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको पाण्डेले बताए । आज (बिहीबार) सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

यसका साथै भोलि (शुक्रबार) देखि सुरु हुने हिउँदे अधिवेशनमा माओवादी केन्द्र कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल भएको थियो । जसअन्तर्गत उक्त अधिवेशनमा आफूहरूले जनताका आवाजलाई व्यवस्थित र सशक्त बनाएर अघि बढ्ने निर्णय गरेको सचेतक पाण्डे बताए ।

यसअघि सरकारले संसद् छलेर ६ वटा अध्यादेश र ३२ वटा विधेयक पारित गरेको छ । यसको चौतर्फी आलोचना र विरोध हुँदै आएको छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १७ माघ २०८१, विहीबार