३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025

विद्युत् प्रधिकरण

२० प्रतिशत शेयर जारी गर्दै विद्युत् प्राधिकरण



काठमाडौं । नेपाल विद्युत् प्रधिकरणले सर्वसाधारणका लागि २० प्रतिशत शेयर जारी गर्ने तयारी गरेको छ ।

कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको सात खर्ब सम्पत्ति सर्वसाधरणका लागि प्राथमिक शेयर खोल्ने चरणमा रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा घिसिङले यसबारे जानकारी गराएका हुन् ।

सर्वसाधरणको लगानीबाटै जलविद्युत् क्षेत्रको विकास सम्भव भएको उनको भनाइ छ । लगानी गर्दा जोखिम देखिए पनि नियमन गरी सेयर खोल्नुपर्ने घिसिङले बताए ।

प्राधिकरणले १२ हजार मेगावाटको विद्युत् खरिद विक्री सम्झौता (पिपिए) गरेको उनले जानकारी दिए । हाल ३५ सय मेगावाटका आयोजना सञ्चालन भएपनि हिउँदमा ११ सय मेगावाट मात्रै उत्पादन भएको छ । २८ हजार ५०० मेगावाट विद्युत् पु¥याउन प्राधिकरणले अझे पिपिए खोल्ने पक्षमा रहेको उनले बताए ।

‘हाल पिपिए भएका सबै परियोजना निर्माणको चरणमा गएका छैनन्,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘पिपिए गरी निर्माण नगर्ने तर नयाँ पिपिए गर्नुपर्ने माग राख्नु कति उचित हो ?’ प्राधिकरणसंग पिपिए सम्झौता गरी आयोजना ओगटेर मात्रै राख्ने प्रवृति अन्त्य हुनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार