७ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025

अर्थ समितिको बैठक बस्दै

काठमाडौं । आज (आइतबार) प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजेदेखि अर्थ समितिको बैठक कक्षमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।