काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । सोमबार विहान १ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य २ रुपैयाँ बढेको तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटेको निगमले जनाएको छ । निगमका अनुसार अब काठमाडौंमा पेट्रोदलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १५१ रुपैयाँ पर्नेछ ।