मान्म (कालीकोट) । खानेपानीको अभाव झेलिरहेको कालीकोटको नरहरिनाथ गाउँपालिका–९ लालुको शीतलामा रु एक करोड पाँच लाखको लागतमा खानेपानी आयोजना निर्माण गरिँदै छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लामार्फत ‘एक घर एक धारा’ अन्तर्गत सो आयोजना बन्न लागेको हो । चालु आर्थिक वर्षभित्रै नरहरिनाथ–९ लालुको शीतलास्थित दलित बस्ती खानेपानी आयोजना बन्न लागेको छ ।…