काठमाडौं । मुकुन्देश्वरी पदमार्ग निर्माण गर्न सुरु गरिएको छ । तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–२ थानीमाई मन्दिरबाट उक्त पदमार्ग निर्माण गर्न सुरु गरिएको हो । उक्त मुकुन्देश्वरी पदमार्ग थानीमाई मन्दिरदेखि सुरु भएर चुलीडाँडामा पुगेर अन्त्य गरिने बताइएको छ । पर्यटकिय स्थान भएको कारणले गर्दा उक्त पदमार्ग निर्माण भएपछि पर्यटकको संख्या अझै बढ्ने विश्वास गरिएको गाउँपालिकाले जनाएको…