काठमाडौं । बबरमहल क्षेत्रमा बिजुलीका तार भूमिगत गर्ने कामका साथै फुटपाथ मर्मतको काम धमाधम चलिरहेको छ । नेपाल विद्युत प्राधिकरणले यो क्षेत्रमा रहेको बिजुली तार भूमिगतको काम अघि बढाइरहेको छ । ठाउँठाउँमा ट्रान्समिटरलाई भूमीगत बनाउन खाल्डो बनाइँदैछ । काठमाडौं महानगरले पनि फुटपाथमा लगाइएका रुखका हाँगा काट्नेदेखि बाटो मर्मत गरिरहेको छ ।