१६ भदौ २०८२, सोमबार | Mon Sep 1 2025

सांस्कृतिक डबली निर्माणमा ढिलाइ

दाङ । दाङको घोराही उपमहानगरपालिका–१८ घोरदौरालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने गरी २०७५ मा सांस्कृतिक डबली (नाचघर) निर्माणको काम सुरु गरिएको थियो । सांस्कृतिक डबली निर्माणले स्थानीय कला संस्कृतिको संरक्षणसँगै घोरदौराको विकासमा भूमिका खेल्ने अपेक्षा गरिएको थियो । सोहीअनुसार घोरदौरामा सांस्कृतिक डबलीका लागि भवन, दर्शक बस्नका लागि सिँढी, शौचालय लगायतका संरचना निर्माण गरिएको छ ।…