काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आपूर्ति गर्न बिछ्याइएका ‘पाइप लाइन’को काम छिटो सक्न निर्देशन दिएका छन् । स्थानीय इन्द्रचोक, जनवहाल, नयाँसडक, असनलगायत स्थानमा जारी पाइपलाइनको कामको बिहीबार निरीक्षण गरेपछि उनले त्यस्तो निर्देशन दिएका हुन् । मन्त्री यादवले चुहावट नियन्त्रण गर्न पनि निर्देशन दिए । गुणस्तर सुनिश्चित नहुँदा धेरै स्थानमा…