८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

वीर अस्पतालमा प्राविधिक समस्या, टिकट वितरण प्रभावित

काठमाडौं । वीर अस्पतालको सर्भर डाउन भएको छ । सर्भर डाउन भएसँगै ओपीडीको टिकट वितरण प्रभावित भएको छ । बिहानैदेखि बिरामीहरू लाइनमा छन् । उता अस्पताल प्रशासनले भने सर्भर डाउन भएकाले टिकट वितरणमा समस्या भए पनि फ्रिमा ओपीडी टिकट वितरण गरिएको जनाएको छ ।