काठमाडौं । संघीय राजधानी काठमाडौंबाट मुग्लिन हुँदै पोखरा जोड्ने सडक विस्तारको काम तीव्र गतिमा अघि बढाइएको छ । काठमाडौंबाट पोखरासम्मको यात्रा अवधि घटाउने र यात्रा सहज बनाउने मुख्य उद्देश्यले तनहुँको आबुँखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर सडक विस्तारको काम भइरहेको छ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक खण्डलाई पूर्वी र पश्चिम दुईखण्डमा विभाजित गरेर काम हुँदै आएको छ…